११ बैशाख २०८१, मंगलबार | April 23, 2024

ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्ने प्रचण्ड-नेपाल नेकपाको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ‘प्रचण्ड–नेपाल’ पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका साधारणसदस्य समते नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टीका पूर्वअध्यक्ष ओलीलाई गम्भीर अनुशासन उल्लंघन गरेको आरोप लगराउँदै साधारणसदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्काशनका लागि ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए । यसैगरी बैठकले पार्टीका महासचिव विष्णु पौडेललाई पनि कारवाही गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले गत पुष ५ गते प्रतिनिधिसभा भंग गरेपछि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले अध्यक्षबाट हटाउने सिफारिस गरेको थियो । त्यसलगत्तै पुष ७ गते बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकको सिफारिसलाई सदर गरेको थियो ।

नेकपा अहिले दुई फ्याकमा विभाजन भैसकेको छ । एक पक्षको नेतृत्व प्रचण्ड-नेपालले गरेका छन् भने अर्को पक्षको नेतृत्व ओलीले गरेका छन् । तर, कानूनी रुपमा निर्वाचन आयोगले भने नेकपाको विभाजनबारे अहिलेसम्म निर्णय लिन सकेको छैन ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ०१ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना