२ पुस २०८२, बुधबार | December 17, 2025

सरकारले सेवा प्रवाहका लागि सार्वजनिक गर्यो ‘नागरिक एप’



काठमाडौं । सरकारी सेवा मोबाइलबाटै लिने गरी सरकारले नागरिक एप सेवा सुरु गरेको छ ।

सरकारले दिने विभिन्न सेवा हातहातमै पुर्‍याउने लक्ष्यका साथ शुक्रबारबाट सरकारले उक्त एपको परीक्षण सेवा सुरु गरेको हो ।

सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले उक्‍त एप डाउनलोड गरेर सेवाको सुरुवात गरेका हुन । परीक्षणका लागि विभिन्न ९ वटा सेवा राखिएको बताइएको छ । राजस्व, यातायात, लोकसेवालगायत क्षेत्रका सेवा उपलब्ध हुने बताइएको छ ।

तीन वर्षदेखिको अध्ययन, अनुसन्धान र प्रणाली विकासपछिस नागरिक एप बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । सरकार गठन भएदेखि नै सहज सेवा दिन आफूले गरेको बाचा पूरा गर्ने एउटा कदम भएको उनले बताए । उनले भने, ‘यो एपबाट सवै सरकारी सेवा एकै ठाउँबाट लिने सपना पूरा हुने बाटो निर्माण हुनेछ ।’

सरकारका सेवा हातहातमा भन्ने नाराका साथ डिजिटल नेपाल फ्रेमवर्कत अन्तर्गत उक्त एप लन्च गरिएको बताइएको छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्नमा सघाउ पुर्‍याउने मन्त्री गुरुङले बताए ।

यसैगरी सुशासन कायम राख्ने र स्मार्ट नागरिक बनाउने सरकारको लक्ष्य समेत हासिल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : ५९ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ