४ चैत्र २०८२, बुधबार | March 18, 2026

सरकारले सेवा प्रवाहका लागि सार्वजनिक गर्यो ‘नागरिक एप’



काठमाडौं । सरकारी सेवा मोबाइलबाटै लिने गरी सरकारले नागरिक एप सेवा सुरु गरेको छ ।

सरकारले दिने विभिन्न सेवा हातहातमै पुर्‍याउने लक्ष्यका साथ शुक्रबारबाट सरकारले उक्त एपको परीक्षण सेवा सुरु गरेको हो ।

सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले उक्‍त एप डाउनलोड गरेर सेवाको सुरुवात गरेका हुन । परीक्षणका लागि विभिन्न ९ वटा सेवा राखिएको बताइएको छ । राजस्व, यातायात, लोकसेवालगायत क्षेत्रका सेवा उपलब्ध हुने बताइएको छ ।

तीन वर्षदेखिको अध्ययन, अनुसन्धान र प्रणाली विकासपछिस नागरिक एप बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । सरकार गठन भएदेखि नै सहज सेवा दिन आफूले गरेको बाचा पूरा गर्ने एउटा कदम भएको उनले बताए । उनले भने, ‘यो एपबाट सवै सरकारी सेवा एकै ठाउँबाट लिने सपना पूरा हुने बाटो निर्माण हुनेछ ।’

सरकारका सेवा हातहातमा भन्ने नाराका साथ डिजिटल नेपाल फ्रेमवर्कत अन्तर्गत उक्त एप लन्च गरिएको बताइएको छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्नमा सघाउ पुर्‍याउने मन्त्री गुरुङले बताए ।

यसैगरी सुशासन कायम राख्ने र स्मार्ट नागरिक बनाउने सरकारको लक्ष्य समेत हासिल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : ५९ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत