६ बैशाख २०८१, बिहिबार | April 18, 2024

माया



बुढो भएको सूर्य । उत्तराद्र्धतिर सोझिएको गोधुली । छोराको कृत्यदेखि विरक्तिएका भैरबले बेदनाको आँशु पोख्दै एउटैमा दुइटा छोरीलाई सम्बोधन गर्दै चिट्ठी लेखे –

प्यारी छोरी लक्ष्मी तथा मनमाया !
आशिर्वाद ।

हामी यहाँ सञ्चै छौं । त्यहाँ सपरिवार तिमीहरुलाई सुस्वास्थ्य,दीर्घायु र सफल जीवनको लागि आशिर्वाद । हामी बुढा बुढी अहिले जिन्दगीको एउटा अकल्पनीय ठाउँमा आएर मृत्युलोकको सिंहासनमा थन्किएका छौं । अन्तिम क्षणको जीवन धकेलिरहेका छौँ । तर हामी जहााँ छौं आरामै छौँ, बाघेश्वरीमाताको छत्रछायाँमा रहेको नील सागर वृद्धाश्रममा । जति जे गरे पनि, सोचे जस्तो हुँदो रहेनछ,जीवन । भने जस्तो पुग्दो रहेनछ जीवनमा । सन्तानकोे लागि भनेर यो जिन्दगीलाई ढुङ्गा माटोमा घोटेर कति रगत पसिना बगााइयो,आफनो जीवनको लागि भन्दा बढी सन्ततिहरुको मायामा ।

कथाकार

सो व्यथा हाम्रै जीवनलाई अनि केही तिमी छोरीहरुलाई बाहेक अरुलाई थाहा भएन । छोरीलाई बेलैमा किनारातिर पन्छाइयो,त्यो संस्कारको खेल थियो । काखी च्यापिएका तिनै वंशाधिकारी,अंशाधिकारी, जीवनको उत्तराद्र्धकालमा बाँचे पाल्ने, मरेपछि
फाल्ने र काजकृया गरेर वैतरिणी तार्ने भनिएका पुत्रसन्तानहरुले आज हाम्रो रुई जस्तो मुलायम छातिमा तिनीहरुको बज्र जस्तो घाति लात परेपछि मभित्रका पितृ संवेगहरु सबै मरिसके । श्रवणकुमारको चित्र कोरेर सुदूरगामी लक्ष्यमा उनिएका हाम्रा सारा सपनाहरु सबै हावासंग उडेर विलीन भए । हाम्रा सुख शान्तिका पसलहरु नैराश्यको भासमा डुबे । आखिर “उचालियो उचालियो,थेचारियो” हाम्रो उत्तराद्र्ध ।

छोराछोरी अलिकति “च्याँ” गर्दादेखि “ह्वाँ” गर्दासम्म, ख्वाक्क गर्दादेखि प्वाक्क गर्दासम्म लौ बच्चालाई भोक लाग्योकी, बिसञ्चो भयोकी, के भयो ? के माग्यो आदि । खाना,नानादेखि सबै आवश्यकताहरु पु¥याइयो,सर्वाेपरि । तडा पाखुरा बलियो स्वनिर्भर नहुन्जेलसम्म सारा जीवन न्यौछावर गरियो । यी अहिले तिनै कुपुत्रहरुले हामीलाई जिउँदै दागवत्ति दिएर गए,उनका स्वास्नीहरुको आज्ञा पालन गर्दै । हाम्रो बृद्धत्व उनीहरुलाई साँघुरो लाग्यो रे । घिन लाग्यो रे । असभ्य लाग्यो रे । मोर्डनाइज भएन रे, बुुहारीहरुलाई ।

उसो त हामीले बुझेको आधुनिकतामा आधुनिकता अपभ्रंस नहुने हो भने सभ्य,सुसंकृत, परिवारमा अरुको भावनाको कदर,सदभावपूर्ण आचरण,जेष्ठता र श्रेष्ठताको आदर र नैतिकतापूर्ण संस्कृति पनि त हो आधुनिकता । तर कुनै कुनै मान्छेहरुमा यो आदर्श निश्प्रयोजित हुँदोरहेछ । त्यही आधुनिकताको दुरुपयोग भयो, हाम्रा जन्मजात र आयातित सन्तानहरुबाट । त्यसैले भने होलान् शायद पुर्खाले । वस्तुतः हामीले सन्तानसंग अहिलेसम्म के विनिमय गरेका रहेछौं त ?
हामीले माया दियौं, उनीहरुले हामीलाई मुड्की दिए ।
हामीले शीतल ममता दियौं,उनीहरुले मुटु छेड्ने तातो बाँण दिए ।
हामीले आँखा खुल्ने शिक्षा दियौं, उनीहरुले जिन्दगीको पटाक्षेप दिए ।
हामीले सारा सम्पत्ति दियौं, उनीहरुले वितृष्णा दिए ।
हामीले उनीहरुलाई गास,बास दियौं,उनीहरुले हामीलाई निर्वासन दिए ।
हामीले उनीहरुलाई जीवन दियौं, उनीहरुले हामीलाई जिवित मृत्यु दिए ।

जीवनको अन्त्यकालमा एकफेरा तीर्थ घुमेर आउने इच्छा थियो । विश्वासलाई खोकिलामा राखेर भए पनि छोराहरुले हाम्रो आाकांक्षा पु¥याइदेलान् भन्ने आशाको सानो त्यान्द्रो बोकिरहेका थियौं । परन्तु उनीहरुले हामीलाई निर्वासन दिए । सन्ततिहरुबाट हामीले भोगेको योभन्दा ठूलो निकृष्टतम दुव्र्यवहार अरु अभिभावकहरुरले शायदै भोगे होलान् । भोग्न नपरोस पनि । छोरीहरु ! हाम्रो भोगाई जस्तो भए पनि तिमीहरुको घरबारदेखी हामीलाई सन्तोष लागेकोछ,अत्यन्त खुशी लागेको छ, हामीले दिएको दीक्षालाई तिमीहरुले पालना गरेकोमा । अनि हामीलाई खुशी लागेकोछ ,तिमीहरुले दिएको माया,श्रद्धादेखि । यस्तै राम्रोसंग घर गरी खाए बाबै । अब हाम्रो जीवन विसर्जन गर्ने ठाउँ यही हो,अघिपछि गरेर । हामीलाई चिठी पठाउने भए तलको ठेगानामा पठाउनु । हाम्रो गाउँका लक्ष्मण थापा मार्फत मैले सबै गाउँलेलाई सम्झना गरेको कुरा सुनाई दिनु ।
तिमीहरुको माया गर्ने बाबु भैरव र आमा विजेश्वरी,
नीलसागर वृद्धाश्रम, नेपालगञ्ज ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : ५२ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी