५ पुस २०८२, शनिबार | December 20, 2025

प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा : टिम रावत र भीएसलाई उपाधि



काठमाडौं । टिम रावत र भीएस कलेज प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । टिम रावत ब्वाइज तथा भीएस गल्र्समा पहिलो भए ।

घट्टेकुलोस्थित आयोजक सूर्योदय एजुकेसन फाउन्डनद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा टिम रावतले साइपाल एकेडेमीलाई २०–१६ ले पराजित ग¥यो । भीएसले क्याम्पियनलाई १९–१२ ले हराउदै तेश्रो भयो । पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

गल्र्सको उपाधि भिडन्तमा भीएसले सूर्योदय ‘बी’ लाई १९–१४ ले पन्छायो । साइपाल ‘बी’ तेश्रो बन्यो । साइपाल ‘बी’ ले सूर्योदय ‘ए’ लाई १४–१० ले पाखा लगायो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार पाए ।

ब्वाइजमा टिम रावतका सम्राट भूमि तथा गल्र्समा भीएसकी अनिता सुनुवार ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा भीएसका राजीव आले तथा गल्र्समा सूर्योदय ‘ए’ की सम्झना शाही सर्वाधिक स्कोरकर्ता बने ।

प्रतियोगिताभर राजीवले ५१ तथा सम्झनाले ३१ स्कोर गरे । चारैले जनही २ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, राष्ट्रिय महिला बास्केटबल टोलीकी उप कप्तान प्रीति तुलाचन, आयोजक फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी, टाइटल स्पोन्सर प्यासिफिक होस्पिटालिटी कुलिनरी एकेडेमी (पीएचसीए) का प्रबन्ध निर्देशक सुशिल थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा आयोजक सूर्योदयले सदीश र प्रीतिलाई नगदसहित सम्मान गरेको थियो । अध्यक्ष केसी र प्रबन्ध निर्देशक थापाले दुवैलाई जनही १० हजार, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा नेपालले पुरुषमा कांस्य तथा महिलामा रजत जितेको थियो । त्यसै अवसरमा पीएचसीएलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

तीनदिने प्रतियोगिताको ब्वाइज ३२ तथा गल्र्समा १६ गरी जम्मा ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ७ : ०३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य