४ पुस २०८२, शुक्रबार | December 19, 2025

झुक्किएर पनि यी काम गर्दा कहिले पनि निर्वस्त्र नहुनुहोस



एजेन्सी । विष्णु पुराणमा मानिसको कल्याणका लागि निर्वस्त्र भएर गर्न नहुने कामको बारेमा बताइएको छ । हिन्दू धर्मग्रन्थमा यस्ता धेरै नियम बनाइएका छन् । तर आज हामी तपाईलाई निर्वस्त्र भएर गर्नै नहुने ४ कामको बारेमा जानकारी दिदैछौँ ।

स्नान गर्दा : विष्णु पुराणका अनुसार कहिल्यै पनि निर्वस्त्र भएर स्नान गर्नु हुँदैन । स्नान गरेको समयमा एउटा केही न केही कपडा अवश्य लगाउनु पर्दछ । भगवान श्रीकृष्णले पनि आफ्ना गोपीहरूलाई त्यहि सल्लाह दिएका थिए । विष्णु पुराणका अनुसार निर्वस्त्र स्नान गर्नु भनेको भगवानको अपमान गर्नु बराबर हो ।

सुत्दा : विष्णु पुराणका अनुसार निर्वस्त्र भएर कहिल्यै सुत्नु हुँदैन । यस्तो गर्दा चन्द्र देव रिसाउँछन् भन्ने मान्यता रहेको छ । साथै पितृगण रातिको समयमा आफ्ना नातेदारलाई हेर्न आउँछन् । यस्तो अवस्था देखेपछि पितृको आत्मा अत्याधिक दुख्छ । त्यस्तो अवस्थाले पितृले आशिर्वाद नदिइकनै फर्किन्छन् । साथै रातमा नाङ्गो भएर सुत्दा नकारात्मक शक्ति पनि हाबी हुन सक्छ ।

आचमन गर्दा : हामी आचमन गर्ने बेलामा कहिल्य निर्वस्त्र भएर गर्नु हुँदैन । यस्तो गर्नु विधि विरुद्ध हुने गर्दछ । आचमनको बेला आन्तरिक शुद्धि हुन्छ । शुद्ध मनले गरिएको पूजालाई नै शुभ मानिएको छ । तर निर्वस्त्र भएर आचमन गर्दा मन अशुद्धि हुन्छ । त्यसैले निर्वस्त्र भएर आचमन गर्नु हुँदैन ।

पूजामा बस्दा : धेरै जसो मानिसहरु विहान निर्वस्त्र भएर नै पूजा गर्न बस्दछन् । किनभने उनीहरु सोच्छन्, कपडा अशुद्ध हुन्छन् । तर निर्वस्त्र भएर पूजा गरेको फल कहिल्यै मिल्दैन । बरु पापको भागिदार बनाउँछ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको