१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि..



बागलुङ । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी अस्पताल पुगे ।

पोखराको आस्था मिर्गौला तथा स्पेशलाइज्ड अस्पतालले उनको दुवै मिर्गौलाले काम गर्न छोडेको बताएको छ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेका छन् । अहिले उनको हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ ।

मध्यम परिवारका रामचन्द्रलाई डायलासिस मात्रै गर्नसमेत आर्थिक कठिनाइ छ । चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भनेका छन् । “खर्च थेगिसक्नु छैन, मजदूरी गरेर छाक टार्न कठिन भएर विदेश गएको छोरा बिरामी भएर फर्किएको छ”, रामचन्द्रका बाबु कृष्ण बोहरा दुःख व्यक्त गर्छन्, “घरभरि बिरामी छन्, रेखदेख गर्ने छोरो अस्पतालको शय्यामा छ ।”

रामचन्द्रकी आमाको विसं २०७४ मा टाउकोको शल्यक्रिया भएको थियो । कठिन खालको शल्यक्रिया गरेकाले उनले केही काम गर्न सक्दिनन । बोहरा परिवारले रामचन्द्रलाई बचाइदिन आग्रह गरेको छ ।

“मिर्गौला त मै दिन्थेँ तर पहिला पैसा चाहिने भयो, किनेर साध्य छैन”, कृष्ण भन्छन्, “कसैको मन पलाए मेरो छोरा तङ्ग्रिन्थ्यो ।” उनको डायलासिसका लागि हप्तामा सात हजार रुपैयाँ खर्च हुन्छ । मिर्गौला प्रत्यारोपणका लागि कति खर्च लाग्ने भन्ने विषयमा अस्पतालले केही बताएको छैन ।

“मेरो जाँच गरेपछि मिल्यो भने खर्चको जोहो गर्ने भनेको छु”, कृष्ण भन्छन्, “घरकै आम्दानी केही छैन, सहयोग कसैले गरे भने अनि खर्चको विषयमा खोज्नुपर्ला ।” अस्पतालमा भेट्न पुग्ने जो कोहीसँग रामचन्द्रले गहँभरि आँशु देखाउँछन् । “भएको पैसा चेकजाँचमै सकियो, ऋणसमेत पाउन गाह्रो छ”, उनले भने, “कसैको सहयोग पाउन सके नयाँ जीवन पाउने आशा छ ।”

उनका आठ वर्षका छोरा छन् । पेटको शल्यक्रिया गरेकाले बोहोराकी पत्नी कमजोर छिन् । “मजदूरी गर्ने बाबा, आमा हजुरबुबा मेरै आशामा बाँचिरहेका छन्”, बोहराले भने, “छोरालाई धेरै पढाउने लेखाउने सपना थियो, श्रीमती कमजोर छिन्, म यता जीवनमरणको दोसाँधमा छु ।”

रामचन्द्रको परिवारले अहिले ‘हाम्रो रामचन्द्रलाई बचाइदिनुहोस्’ भन्दै सहयोगका लागि आग्रह गर्दै आएको छ । -रासस

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ५९ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित