६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

प्रचण्डबाट आम हड्तालको चेतावनी, जनताले सडकबाट फैसला सुनाउन ढिला गर्न नहुने



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउन ढिला गर्न नहुने बताएका छन् । पार्टीको प्रचण्ड-नेपाल निकटको अखिल नेपाल महिला संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले फैसला गर्ने बेला आएको बताए ।

नेपालको संघीय लोकतान्त्रीक गणतन्त्रलाई बाल्य अवस्थामा नै रहेको संज्ञा दिंदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले बाल्य अवस्थामै रहेको गणतन्त्रलाई मार्ने षडयन्त्र गरेको आरोप लगाए । उनले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै पार्टीका नेता कार्यकर्तालाई जनताको फैसला माग्न जनतामा जान आग्रह गरे । समयमै जनताको अदालतको फैसला आयो भने सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि फैसला गर्न सजिलो हुने बिश्वास ब्यक्त गरे ।

पार्टीले ९ गते आह्वान गरेको काठमाडौं केन्द्रीत सभामा ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दै प्रचण्डले त्यस दिन सडकबाट पार्टीको फरियाद, जनताको अन्तरआत्माको आवाज सुनाउन चाहेको स्पष्ट पारे । उनले केहि दिनको जुर्मुराहटले आफूहरुको जित हुने निश्चित भएको भन्दै कार्यकर्ताहरुलाई सिंह जस्तो गर्जिन सुझाव दिए ।

प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि किर्ते रहेको दावी गरे । ‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डको आरोप थियो । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको जिकिर गरे ।

१५ गते सम्म लगातार आन्दोलनको कार्यक्रम सफल बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्दै प्रचण्डले १६ गते आम रुपमा जनतालाई उठाएर आम हड्तालतिर जानुपर्ने पनि हुन सक्ने बताए । आम हडतालको सामना गर्न उनले ओली सरकारलाई चेतावनी दिए ।

उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा गरे ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ५३ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस