१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रचण्डबाट आम हड्तालको चेतावनी, जनताले सडकबाट फैसला सुनाउन ढिला गर्न नहुने



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउन ढिला गर्न नहुने बताएका छन् । पार्टीको प्रचण्ड-नेपाल निकटको अखिल नेपाल महिला संघको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले फैसला गर्ने बेला आएको बताए ।

नेपालको संघीय लोकतान्त्रीक गणतन्त्रलाई बाल्य अवस्थामा नै रहेको संज्ञा दिंदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले बाल्य अवस्थामै रहेको गणतन्त्रलाई मार्ने षडयन्त्र गरेको आरोप लगाए । उनले सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै पार्टीका नेता कार्यकर्तालाई जनताको फैसला माग्न जनतामा जान आग्रह गरे । समयमै जनताको अदालतको फैसला आयो भने सर्वोच्च अदालत र निर्वाचन आयोगलाई पनि फैसला गर्न सजिलो हुने बिश्वास ब्यक्त गरे ।

पार्टीले ९ गते आह्वान गरेको काठमाडौं केन्द्रीत सभामा ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दै प्रचण्डले त्यस दिन सडकबाट पार्टीको फरियाद, जनताको अन्तरआत्माको आवाज सुनाउन चाहेको स्पष्ट पारे । उनले केहि दिनको जुर्मुराहटले आफूहरुको जित हुने निश्चित भएको भन्दै कार्यकर्ताहरुलाई सिंह जस्तो गर्जिन सुझाव दिए ।

प्रचण्डले ओलीले पार्टी एकताका बेला संविधान, पार्टी विधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति गरेको हस्ताक्षर पनि किर्ते रहेको दावी गरे । ‘उहाँको सम्पूर्ण सोच प्रतिगमनकारी रहेको कुरा अहिले प्रमाणित भएको छ । पार्टीका विधिविधान नमान्ने, समावेशी समानुपातिक नचाहने ओलीले अन्ततः संविधान नै भत्काए’, प्रचण्डको आरोप थियो । प्रचण्डले जनताको बहुदलीय जनवाद छोड्ने पहिलो व्यक्ति पनि ओली नै भएको जिकिर गरे ।

१५ गते सम्म लगातार आन्दोलनको कार्यक्रम सफल बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्दै प्रचण्डले १६ गते आम रुपमा जनतालाई उठाएर आम हड्तालतिर जानुपर्ने पनि हुन सक्ने बताए । आम हडतालको सामना गर्न उनले ओली सरकारलाई चेतावनी दिए ।

उनले भ्रममा परेर केपी पक्षमा गएकाहरुपनि अन्ततः आफ्नै पक्षमा आउने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले अदालत र निर्वाचन आयोगप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको आधिकारिकता आफूहरुले नै पाउने ठोकुवा गरे ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ५३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष