२८ चैत्र २०८२, शनिबार | April 12, 2026

पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन् ।

आफु निकट नुवाकोटका अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पार्टी कमिटी पुनर्गठन गर्न निर्देशन दिएका हुन् ।

ओलीले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे । ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।’

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे ।

कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे। उनले भने, “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।”

नेकपामा गत पुष ५ गतेदेखि विभाजन आएपछि एक पक्षको नेतृत्व ओलीले गर्दै आएका छन् । अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिरहेका छन् ।

प्रचण्ड नेपाल पक्षले ओलीलाई साधारणसदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्न ३ दिने स्पष्टीकरण पत्र सोमबार बालुवाटारमा पुगेर बुझाएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ३ : ४७ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख