२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेमा ७ विदेशी निर्णायक



काठमाडौं । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

निर्णायकको भूमिका निर्वाह गर्ने विदेशी निर्णायकमा जोर्डनकी रोआ सलिम अब्बास म्याकन, बेल्जियमा अमिर इस्कान्दरी, इन्डोनेसियाका नुरजनाह र रहादेवी नेता, भेनेन्जुएलाका गोन्जालो रोजास लोबो, मेक्सिकोकी मारिया फर्नान्डा तथा ब्राजिलका आन्ड्रे डियोलिभेरा रहेका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्यूचाटार तेक्वान्दो डोजाङ, मूलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मोर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता माघ १३ र १४ गते कोटेश्वर तेक्वान्दो डोजाङबाट सञ्चालन गरिने छ ।

प्रतियोगिताको ‘मोस्ट पपुलर प्लेयर’ ले १ सय ५० अमेरिकी डलर तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही १ सय अमेरिकी डलर नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा २९ राष्ट्रका करिब १ हजार ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता पुम्सेमा ६० र हाइ स्पिड किकमा ३० गरी ९० स्पर्धा समावेश छन् । हाइ स्पिड किकको प्रतियोगिता नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय