८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशमा खोरेत रोग नियन्त्रण अभियान नवलपरासीको बर्दघाटबाट सुरु



बुटवल । लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले प्रदेशमा खोरेत रोग उन्मुलन अभियानको सुरु गरेको छ । अभियान अन्र्तगत पहिलो चरणमा २ लाख ८ हजार लाख पशु चौपायहरुमा खोरेतको विरुद्धको खोप लगाईने छ । अभियानको नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १४ बाट औपचारिक रुपमा सुरुवाात भएको छ ।

निर्देशनालयको आयोजानमा बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपताका गाईमा खोरेत विरुद्धको खोप लगाएर अभियानको थालनी गरिएको हो । खोप लगाउनको लागि खटिएका पशु सेवा प्राविधिकहरुलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खोप, किट वितरण गर्दै अभियानको सुरुवात गरिन् ।

अभियानको सुरुवात गर्र्दै मन्त्री पौडेलले पशु चौपायमा डरलाग्दो समस्याको रुपमा रहेको खोरेत रोग उन्मुलनको अभियानमा सबैले साथ दिनुपर्ने बताईन् । उनले सबैको साथ भएमा देशबाट नै खोरेत उन्मुलन गर्न सकिने भन्दै यसको लागि लुम्बिनी प्रदेश संगै देश व्यापी अभियान संगै छिमेकी देशमा समेत अभियान चलाउनुपर्ने आवश्यक रहेको बताईन् ।

कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीले पहिलो चरणमा नवलपरासी जिल्लाको बर्दघाटबाट सुरुवात भएको अभियान बर्दिया सम्म पुग्ने जानकारी दिए । उनले पहिलो चरणमा कुल २ लाख ८ हजार पशुमा खोप लगाउने योजना रहेको भन्दै बढि रोगको बढि संभावित ६ जिल्लाहरुमा यो अभियान जारी रहने जानकारी दिए ।

कार्यक्रममा पशुपंक्षि तथा मत्स्य विकास निर्देशनलायका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कँुवर, मन्त्रालयको पशुपंक्षि विकास महाशाखा प्रमुख देविराम मरासिनी, लगायतको सहभागीता रहेको थियो । संघीय सरकारबाट अनुदानको रुपमा प्राप्त भ्याक्सीनको लगाउने व्यवस्थापन खर्च भने निर्देशनालयले गर्ने छ । जसको लागि ९० जना पाराभेटहरु परिचालन हुदै छन् ।

 

पजबदबच

द्द ब्ततबअजmभलतक

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  १० : ०७ बजे

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को