१७ चैत्र २०८०, शनिबार | March 30, 2024

खोरेत रोग नियन्त्रणका लागि लुम्बिनी प्रदेशको रणनीतिक योजना



बुटवल । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यान्वयनमा ल्याएको छ ।  खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको कार्यमा जुट्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीय तहका सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने र जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको सचिव डा. शान्ता कार्कीले बताइन् ।

आवश्यकताका आधारमा खोपको खरिद कार्य संघीय र प्रदेशका निकायले गर्ने कार्कीले बताइन् । यो वर्ष लुम्बिनी प्रदेशका तीन जिल्ला बाँके, रुपन्देही र नवलपरासी पश्चिममा खोरेत रोग देखा पर्‍यो । देखिएको ठाउँलाई प्रदेश र स्थानीय तह मिलेर निसंक्रमण गरेको पशुपन्छी निर्देशनालयका निर्देशक परवेज आलमले बताए । रोग फैलिन नदिन र तत्काल नियन्त्रण गर्न सबै सरोकार निकायसँग समन्वयकारी भूमिका अपनाउनुपर्ने आलमले बताए । सबैको समन्वयमा क्षति कम गर्न सकिने उनले बताए ।

यो वर्ष रुकुम पूर्व र गुल्मी बाहेकका प्रदेशका दशवटा जिल्लामा खोरेत विरुद्धको खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि प्रत्येक जिल्लामा खोप पुगिसकेको छ । दश जिल्लामा छ लाख ५२ हजार पाँच सय डोज खोप वितरण भएको कृषि मन्त्रालयको तथ्यांक छ । रुपन्देहीमा गएको आर्थिक वर्षमा एक लाख ५० हजार डोज खोप लगाएको पशु सेवा विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले बताए । यो वर्ष आएको ७५ हजार डोज खोप लगाउने तयारीमा रहेको भुसालले बताए ।

१६ वटा स्थानीय तहको समन्वयमा भ्याक्सिनेटरको सहयोगमा खोप अभियान सुरु हुने छ । त्यसका लागि रुपन्देहीमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भ्याक्सिनेटरलाई खोप अभियान सुरु हुनुपूर्व तालिमको व्यवस्था गरेको कार्यालय प्रमुख भुसालले बताए । कार्यालयले रुपन्देहीका सबै स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा पशु प्राविधिकहरूको सहभागितामा खोरेत रोग उन्मुलन अभियान कार्यक्रम सञ्चालन गरेको थियो । गोष्ठीमा सहभागीले एक आपसमा दुई तहका सरकार र मातहतका कार्यालयले रोग नियन्त्रणका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

सीमित श्रोत साधन र जनशक्ति अभावले लक्ष्य अनुसारको प्रगति हासिल गर्न भने समस्या आइरहेको प्राविधिकले गुनासो गरे । रुपन्देहीमा करिब ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाका छ । जहाँबाट सजिलै चौपायाको अवैध ओसार पसार हुन्छ । यस्ता अवैध क्रियाकलाप नरोकिँदासम्म रुपन्देहीमा खोरेत रोग नियन्त्रण गर्न समस्या हुने पशु प्राविधिकहरूले बताएका छन् । सुरक्षाकर्मी, स्थानीयवासी तथा सरोकारवाला निकाय सबैको समन्वयमा खोरेत रोग नियन्त्रणका कार्य हुनुपर्ने विज्ञहरूको सुझाव थियो ।

खोरेत रोगका कारण पशु तथा पशुजन्य उत्पादनमा कमी आइरहेको छ । पशुपालक किसानले यसबाट ठूलो आर्थिक क्षति व्यहोर्दै आएका छन् । क्षति कम गर्न सार्क राष्ट्रहरूबाट सन् २०२० सम्ममा खोरेत रोग नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको थियो । त्यसै अनुरूप नेपालमा खोरेत रोग नियन्त्रण रणनीति सन् २०१५ देखि २०२५ सम्म लागू भएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ४४ बजे

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय

टोकियो (जापान) । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको

नेपालले टस जितेर आयरल्याण्ड विरुद्ध पहिला बलिङ गर्दै

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल

ब्रेक फेल हुँदा सडकमा ठाडै उभियो यात्रुबाहक बस

काठमाडौं । सामाजिक सञ्जालमा एकाएक भाइरल भएको तस्वीर कुनै एआई