१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भलुहीको कामधेनु गौशालाका गाईवाच्छालाई खोरेत विरुद्ध खोप



बुटवल । देवदह नगरपालिका वडा नं १० भलुहीस्थित कामधेनु गौशालाका ३ सय बढि गाईबाच्छालाई खोरेत विरुद्धको खोप दिइएको छ ।

देवदह नगरपालिकाको सहयोग तथा देवदह पशुसेवा शाखा कार्यालयको प्राविधिक सहयोगमा खोप लगाईएको हो । पशु सेवा शाखा प्रमुख हर्क दानीले प्रदेश सरकारबाट उपलब्ध भएको ९ हजार डोज निर्धारित समयावधीमै नगरका गाईभैसीलाई लगाएर सकेको बताए । ‘फागुन १८ बाट शुरु गरिएको खोप अभियानमा चैत १८ गतेसम्म नगरका गाईभैसीहरुलाई खोप लगाएर सकेका थियौ’– उनले भने । नगरमा करीब १० हजार बाख्रालाई पिपिआर भ्याक्सिन तथा बुगुरलाई स्वाईन फिभरको भ्याक्सिन पनि लगाईएको उनले बताए । पशुमा रोग लाग्नुभन्दा अघि खोप लगाउनुपर्ने उनको सुझाव छ ।

लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाहरुमा आर्थिक वर्ष २०७६÷० ७७ बाट भ्याक्सिनेटर कार्यक्रम चलाइएको छ । चैतको दोस्रो हप्तामा नवलपरासीदेखी यो कार्यक्रम सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारले अध्ययन गरी तराईको ६ जिल्लाहरुमा खोरेत रोग उन्मूलन अभियान प्रारम्भ गरेको छ ।

कामधेनु गौशालाका गोवर्ती योगि सोमराजनी महाराजले छाडा गाईबाछाहरुको संरक्षणको अभियानलाई आफुले अगाडि बढाएको बताए । नगर क्षेत्रमा छाडा चौपायाले सडक दुर्घटना बढाईरहेको बेला संरक्षण अभियानबाट दुर्घटना र मानव क्षतिलाई कम गर्न सफल भएको उनले जनाए ।

त्यसो त, दुधालु गाई पाल्ने र उमेर पुगेपछि गाईबस्तु सडकमा छोडिदिने कारणले छाडा चौपाया बढ्दा धेरै स्थानीय पालिकाले समस्या व्यहोरिरहेका छन् । तर देवदहमा भने छाडा चौपायाको व्यवस्थापनका लागि नमुना गौशाला नै स्थापना भएको छ । सोही गौशालाका गाईबाच्छालाई खोरेत विरुद्धको खोप लगाइएको हो । गौशाला संचालनका लागि नजिकका नगरपालिकाबाट समेत विभिन्न समयमा अनुदान उपलब्ध हुँदै आएको योगि सोमराजनी महाराजले बताएका छन् । धार्मिक वन स्थापना गरेर गौशालामा संरक्षणलाई अघि बढाइएको छ ।

सन् २००२ मा गोन्गोलले गरिएको एक अध्ययनमा खोरेत रोगले नेपालमा बार्षिक ७ अर्व ७५ करोड ५० लाख बरावरको क्षति गराएको अवस्था छ । खोरेत रोगकै कारण पशुजन्य उत्पादनहरु विदेश निर्यात गर्नसमेत समस्या परिरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग