२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

खोरेत रोग नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया



बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो बर्ष देखि सुरुवात भएको खोरेत रोग उन्मुलन अभियान यो बर्ष पनि जारी रहेको छ । सोही विषयमा पशुमा लाग्ने खोरेत रोग उन्मुलन सम्बन्धी बुटवलमा प्रादेशिक अन्तरक्रिया गरिएको छ ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा भएको कार्यक्रममा प्रदेशका भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, पशु क्वारेन्टाईन कार्यालय, स्थानिय तहका पशुपंक्षि विकास शाखा प्रमुुख तथा अगुवा किसान प्रतिनिधिहरुको सहभागीतामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमनशर्मा रायमाझीले खोरेत रोग निवारणको लागि लुम्बिनी प्रदेशको मात्रै नभएर देशभरीकै अभियान आवश्यक रहेको बताईन । उनले यसको लागि लुम्बिनी प्रदेशले पुर्ण खोप अभियानलाई निरन्तरता दिने समेत बताईन ।

कार्यक्रममा कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका सचिव डा. शान्ता कार्कीले खोरेत रोग निवारण अभियानलाई मन्त्रालयले अभियानको रुपमा अगाडी बढाएको जानकारी दिदै उच्च जोखिम रहेका जिल्लाहरुमा खोप अभियान जारी रहने बताईन ।

कार्यक्रममा पशुपंक्षि रोग अन्वेन्षण प्रयोगशाला कास्कीका प्रमुख डा. केदारराज पाण्डेले खोरेतको विद्यामान अवस्था, महामारी हुनबाट जोगिने उपाय र खोपको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै कृषि, खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालयका पुशपंक्षि विकास महाशाखा प्रमुख तुलसीराम भण्डारीले प्रदेशको अवस्था, खोप अभियानको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त निर्देशक डा. परवेज आलमले प्रदेशमा खोप अभियान, हाल सम्मको उपलब्धीको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल लाईभस्टक एण्ड ईन्नोभेषन परियोजना बुटवल कलस्टर प्रमुख डा. गान्धीराज उपाध्याय, पशुपंक्षि क्वारेन्टाईन कार्यालय भैरहवा प्रमुख डा. भक्त न्युरे, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकी प्रमुख कमला अधिकारी, भैरहवा प्रमुख दिपक भुषाल लगायत, व्यवसायी बाख्रापालक किसान महासंघ नेपालका अध्यक्ष प्रेम सागर पौडेल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : २९ बजे

बाढीपछिको पुनरुत्थान र जलवायु-उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको

कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ सम्म बिल प्रविष्ट गर्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन