२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारबाहीमा



टीकापुर । सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३ सय बढी सवारी साधन कारबाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३ सय ९३ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७ सय ८५ मोटरसाइकल, नौ हजार ६ सय ३५ जीप र कार, छ हजार ५ सय ६० ट्रक, छ हजार ५४ ट्याक्टर, एक हजार २ सय २६ बस र एक हजार १ सय ३३ अन्य सवारी साधन कारबाहीमा परेका छन् ।

छ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा आठ हजार ३ सय ४० र कम भदौमा तीन हजार ५ सय ५६ सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारी साधनबाट रु दुई करोड २८ लाख ६७ हजार ५ सय राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहन बहादुर साउदले जानकारी दिए ।

“अघिल्लो आवको छ महिनामा ३५ हजार ९ सय ६१ सवारी साधन कारबाहीमा पर्दा रु दुई करोड ११ लाख ७१ हजार ५ सय राजस्व सङ्कलन भएको थियो”, प्रहरी निरीक्षक साउदले भने, “अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४ सय ३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।”

यस वर्ष ट्राफिक नियम बढी उल्लङ्घन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारबाहीमा परेका प्रवक्ता साउदको भनाइ छ । सुदूरपश्चिममा यस वर्षको छ महिनामा ३ सय ३४ सवारी दुर्घटना भएका छन् । तीन सय ३४ दुर्घटना हुँदा ४ सय २७ सवारी साधनमा क्षति भएको छ भने ९९ को ज्यान गएको छ । यो अवधिमा ३ सय २० गम्भीर र २ सय ९० सामान्य घाइते भएका छन् ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको छ महिनामा १ सय ३६ सवारी दुर्घटना भएका थिए । एक सय ३६ दुर्घटना हुँदा १ सय ९६ सवारी साधनमा क्षति भएको थियो भने ६९ को ज्यान गएको थियो । अघिल्लो आवको छ महिनाको तथ्याङ्क हेर्दा चालु आवमा सवारी दुर्घटनासमेत बढेको तथ्याङ्क छ । सडकको अवस्था र तीव्र गतिका कारण सवारी दुर्घटना बढिरहेको र दुर्घटनामा कमी ल्याउन सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ०५ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ