७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवलमा भाटभटेनी पछिको ठूलो मार्ट सञ्चालनमा आउँदै



बुटवल । आधुनिक मार्ट संस्कृतितिर उपभोक्ताको आकर्षण बढ्दै गएको कुरालाई दृष्टिगत गर्दै बुटवलमा एउटै छातामुनी ग्रोसरी, शैक्षिक सामग्री र खेल तथा फर्निसिङका सामाग्री पाइने पसल खुल्ने भएको छ ।

शैक्षिक सामाग्रीको मात्र मार्ट संचालन गर्दै आएको डेल्टा एजुकेशन मार्ट प्रालीले अन्नपूर्ण हाइपर मार्केटीङसँग साझेदारी गर्दै कारोबार वृद्धि गरेको छ ।

मार्ट संचालनका सम्बन्धमा शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मार्ट संचालकले लघु उद्यमी तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिएर व्यवसाय संचालन गरिने जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ३ वटा फरक फरक तह बनाएर संचालन गरिने मार्टमा पहिलो तलामा ग्रोसरीसहित फलफूल तराकरी तथा माछा, मासुजन्य सामाग्रहीहरु उपलब्ध हुनेछन् । दोस्रो तलामा शैक्षिक सामाग्रीका सम्पूर्ण भेराईटीहरु उपलब्ध हुनेछन् । तेस्रो तलामा खेल सामाग्री, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु उपलब्ध हुनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै डेल्टा एजुकेशन मार्टका अध्यक्ष लोकनाथ उपाध्यायले विश्व बजारमा देखिएको मार्ट प्रतिको आकर्षणलाई दृष्टिगत गर्दै आफहरुले पनि अत्याधुनिक मार्ट खोल्न थालेको बताए । उपाध्यायाले एउटै छातामुनी सबै सामाग्री पाइने र ठूलो परिमाणमा खरिद बिक्रि समेत हुने भएकाले मार्टबाट उपभोक्ताले सस्तो मुल्यमा सामान पाउने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण हाइपर मार्केटिङका प्रबन्ध निर्देशक चोलाकान्त पाठकले मार्टले सामान्य रिक्सा चालकदेखि उच्च घरानाका उपभोक्ताको समेत आवश्यकता पुरा गर्ने लक्ष्य राखेको बताए । पाठकका अनुसार मार्टको प्राथमिकतामा स्वदेशी उत्पादन, लघु घरेलु उत्पादन र त्यसमा पनि स्थानीय उत्पादन रहनेछन् । नेपालमा उत्पादन नभएका माल वस्तुको हकमा भने विदेशी उत्पादन पनि मार्टमा उपलब्ध हुने उनले जानकारी दिए ।

मार्ट संचालनका लागि डेल्टा एजुकेशन मार्टले ३४ करोड लगानी गरेको छ । यस्तै अन्नपूर्ण हाइपरले ५ करोड लगानी गरेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो करदाता बन्ने लक्ष्यका साथ मार्ट संचालन गरिएको संचालकहरुले बताएका छन् ।

बुटवलमा भाटभटेनी सुपर मार्केटसहित साना ठूला दर्जन बढी मार्टहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११