२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

लागुऔषधसहित पाँच पक्राउ



सप्तरी । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित म्याजिक स्टेशनबाट बा४८प २५१ नम्बरको मोटरसाइकल जाँच गर्दा उदयपुरको त्रियुगा नगरपालिका–१० का २१ वर्षीय निराजन रायमाझी र मोटरसाइकल पछाडि सवार वडा नं २ जोगी दहका २७ वर्षीय बलराम दाहाल खत्री पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट १५ ट्याब्लेट निप्राभेट, २४ ट्याब्लेट स्पाफ्मो प्रोक्सिभोन पुल, पाँच बोतल डाइलेक्स डिसी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

पक्राउ परेका आरोपितसँग थप अनुसन्धान गर्दा कञ्चनरुप नगरपालिका–८ की २५ वर्षीया बविता राउत पक्राउ परेकी छिन् । राउतको घरबाट २५० ग्राम गाँजा, ४० ट्याब्लेट नाइट्रोसन, १५ ट्याब्लेट नाईट्राभेट, ४० क्याप्सुल स्पामो प्रोक्सिभन, तीन वटा डाईल्याब, चार एम्पुल लिजेसिक, छ एम्पुल प्रोमेथाजन र दुई बोतल डाइलेक्स डिसी बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीबाट खटिएको प्रहरी टोलीले तीन जनाविरुद्ध लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

यसैगरी सप्तरीको डाक्नेस्वरी नगरपालिका–३ हटेलबाट प्रदेश–।२–०३–००७ प ७३१९ नम्बरको मोटरसाइकलमा आइरहेका शम्भुनाथ नगरपालिका–२ का २६ वर्षीय जिगेन्द्रकुमार साह र वडा नं–३ का २० वर्षीय सदाम मियाँ पक्राउ परेका छन् । उनीहरुका साथबाट ३६० गोटी रहेको १२ पत्ता नाइट्रोभेट ट्याब्लेट र २० ग्राम गाजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरी लागुऔषध मुद्दामा कारवाही थालेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको

आयो एसईईको नतिजा, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को

नीति तथा कार्यक्रमबारे नेताहरूको मिश्रित प्रतिक्रिया

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा