२ भदौ २०८३, मंगलबार | August 18, 2026

माधव नेपालले भने, – ओलीको पार्टी सडक छाप पार्टी



विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको निर्णय संगै ओराला लागि सकेको बताएका छन् ।

पार्टीले शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले निर्वाचन आयोगले ओलीलाई धक्का दिएसँगै ओलीको भविश्य ओरालो लागेको दाबी गरे ।

अध्यक्ष नेपालले निर्वाचन आयोगले १५ सय १ लाई अमान्य भन्दै ओलीको पार्टीलाई सडकछाप बनाईदिएको बताए । ‘आयोगले तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,’ उनले भने। ‌

उनले ओली पक्षलाई गुटको संज्ञा दिंदै ओली गुटमा गुटको अहिले विजोग भइरहेको सुनाए।उनले केपी ओली नेतृत्वको पार्टी न घरको न घाटका भएको आरोप लगाउँदै केपी ओलीले कहिल्यै रचनात्मक काम गर्न नसक्ने ठोकुवा गरे ।

अध्यक्ष नेपालले ओलीले पार्टीमा तमासा गरेको आरोप आरोप लगाउँदै प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताए । ‘पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। आफूलाई प्रथम अध्यक्ष भन्ने अनि पार्टीको अनुशासन उल्लंघन गर्नेरु कम्युनिस्ट पार्टीको क ख… पढेकाले पनि भन्न सक्छ अनुशासन भनेको के भनेर।’

ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेको नेपालले आरोप लगाए। उनले पार्टीमा तमासा देखाएर नपुगेर ओलीले संविधानकै घाँटी निचोरेको समेत आरोप लगाए ।

आफूले नयाँ समाजको निर्माण गर्न चाहेको नेपालले बताए। कसैले ओलीको भ्रमलाई पत्याउन नहुने नेपालको भनाई छ ।

नेपालले नेकपाको अन्तरविरोध पदको नभएर विचारको लडाइ भएको बताउँदै पार्टी कस्तो बनाउने लडाई पनि भएको बताए । ‘केपीलाई पार्टीको मतलब छैन,’ उनले ओलीलाई आरोप लगाउँदै भने, ‘लोकतन्त्र सिध्याउन लाग्नुभएको छ। उहाँलाई समावेशीतासँग अरुचि छ। उहाँ बनाउने होइन बिगार्ने काम गर्नुहुन्छ। हामी बनाउने कामममा हामी जुटेका छौं। हामी र केपी ओलीमा आकाश पातलको फरक छ।’

केपी ओलीलाई नवौं महाधिवेशनमा जिताउनु पार्टीको कमजोरी भएको उनको भनाई छ। उपाध्यक्ष वामदेव गौतमले समेत ओलीलाई जिताउनु गल्ती भएको स्वीकारेको नेपालले बताए।

‘केपी ‌ओलीलाई जिताएमा पार्टीमा दुर्दशा हुन्छ भनेको थिएँ। बामदेवले भनिरहेका छन्। कस्ता मानिसलाई जिताइएछ,’ उनले भने।

एमाले-एमाले एक हौ भनेर प्रचार गरिएको भए पनि केपी ओली कहिल्यै एमाले नभएको उनको आरोप थियो।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : २४ बजे

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम

पश्चिम नेपालमा वर्षा जारी, पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा