८ बैशाख २०८१, शनिबार | April 20, 2024

धनगढीमा प्रचण्ड-नेपाल नेकपाको शक्ति प्रदर्शन (फोटो फिचर)



धनगढी । प्रचण्ड नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले सुदुरपश्चिमको राजधानी धनगढीमा विशाल सभा आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमन विरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल नेकपाले आज धनगढीमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्दैछन् ।

विरोध प्रदर्शन र सभामा भाग लिन सदुरपश्चिमका सबै जिल्लाबाट ठूलो समुहमा मानिसहरु धनगढीमा भेला भएका छन् । सभा सुरु हुनुअघि धनगढीको क्याम्पस चोक र चौराहा लगायतका स्थानबाट सुरु भएको प्रदर्शन खुला मञ्चमा पुगेर सभामा परिणत भएको छ ।
प्रदर्शन र सभामा विभिन्न समुदायका साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको छ ।

यसअघि प्रचण्ड नेपाल पक्षले काठमाडौं, लुम्बिनी प्रदेशको बुटवल र प्रदेश १ को विराटनगरमा विशाल सभा सम्पन्न गरिसकेको छ ।

नेकपाले माघ २८ गते पुनः काठमाडौंमा अहिलेसम्मकै विशाल विरोध प्रदर्शन र सभा गर्ने तयारी गरिसकेको छ ।

तस्विर : विष्णु सापकोटा जुगल र विष्णु रिजालको फेसबुकबाट

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  २ : ३९ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु