५ पुस २०८२, शनिबार | December 20, 2025

निजी प्राविधिक शिक्षालय महासंघको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु



बुटवल । निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ ।

भेलामा सिएमए, अनमी, ल्याब असिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु सहभागी रहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए ।

सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिट्टै समाधान हुने बताए ।

यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षाका विषयमा स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने उनले बताए ।

सरकारले चिकित्सा शिक्षा ऐन ल्याएपछि देशभरका यस्ता ४ सय विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न नपाएको अवस्थामा उनले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवन जोशीले जानकारी दिए । देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघका सचिव जोशीले बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले शिक्षालय संचालनका कानुनी समस्या हटाएर छिटो चलाउने वातावरण बनाउन माग गरे ।

कार्यक्रममा शिक्षालयका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेती, पूर्वअध्यक्ष शैलेन्द्र मोहन झालगायतले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको गुनासो गरेका थिए । भेला नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ०१ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल