८ आश्विन २०८३, बिहिबार | September 24, 2026

निजी प्राविधिक शिक्षालय महासंघको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु



बुटवल । निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेला बुटवलमा सुरु भएको छ ।

भेलामा सिएमए, अनमी, ल्याब असिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु सहभागी रहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए ।

सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिट्टै समाधान हुने बताए ।

यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षाका विषयमा स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल सुधार हुने उनले बताए ।

सरकारले चिकित्सा शिक्षा ऐन ल्याएपछि देशभरका यस्ता ४ सय विद्यालयले प्राविधिक शिक्षा संचालन गर्न नपाएको अवस्थामा उनले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशबाट कुल २९ वटा यस्ता शिक्षालय संगठित भएको महासंघका केन्द्रीय सचिव भुवन जोशीले जानकारी दिए । देशभरका यस्ता प्राविधिक शिक्षालयमा करिब १० अरब लगानी भएको र वार्षिक ८ करोड कर बुझाइरहेको महासंघका सचिव जोशीले बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले शिक्षालय संचालनका कानुनी समस्या हटाएर छिटो चलाउने वातावरण बनाउन माग गरे ।

कार्यक्रममा शिक्षालयका संस्थापक अध्यक्ष दुर्गाप्रसाद उप्रेती, पूर्वअध्यक्ष शैलेन्द्र मोहन झालगायतले सरकारी नीतिका कारण अरबौंको लगानीमा रहेका शिक्षालय अस्तव्यस्त बनेको गुनासो गरेका थिए । भेला नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ०१ बजे

मौसमी जोखिममा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने