२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ट्राफिक जरिवाना अबदेखि अनलाइनबाटै भुक्तानी गर्न सकिने



काठमाडौं । ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ ।

बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए ।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ४ : ०५ बजे

कांग्रेस-विवाद : देउवा-खड्काको पुनरावलोकन निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध

सुनको मोल तोलामा आठ हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

ग्वार्को फ्लाइओभरमा बस दुर्घटना : एक महिलाको मृत्यु, ६ घाइते, चालक नियन्त्रणमा

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान भएको बस दुर्घटनामा

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)