२३ बैशाख २०८१, आइतबार | May 5, 2024

म्यानमारको सैन्य कू असफल पार्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल



एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् ।

चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन ।

गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ । विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् ।

म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ७ : ३२ बजे

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि