२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आमहड्ताल अपडेट : मित्रपार्कमा बस र गोंगबुमा टाटासुमो तोडफोड, बन्द गराउँदै हिँड्ने ७५ जना पक्राउ



काठमाडौं । आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन ।

बन्द सफल बनाउन नेकपाका नेता कार्यकर्ता बिहानैदेखि ठूलो संख्यामा सडकमा उत्रिएका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् ।

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।

यसअघि उनीहरूले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान ८ बजेसम्म ७५ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए ।

प्रदर्शनकारीले बिहीबार बिहानै गोंगबुमा प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ८ : ३१ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री