६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आमहड्ताल अपडेट : मित्रपार्कमा बस र गोंगबुमा टाटासुमो तोडफोड, बन्द गराउँदै हिँड्ने ७५ जना पक्राउ



काठमाडौं । आमहड्तालमा उत्रिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन ।

बन्द सफल बनाउन नेकपाका नेता कार्यकर्ता बिहानैदेखि ठूलो संख्यामा सडकमा उत्रिएका छन् । अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएका छन् ।

बिहीबार बिहान हड्ताल गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए ।

यसअघि उनीहरूले गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । आमहड्ताल गर्न निस्किएका ७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान ८ बजेसम्म ७५ जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको एसपी राठौरले जानकारी दिए ।

प्रदर्शनकारीले बिहीबार बिहानै गोंगबुमा प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ८ : ३१ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व