२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

तेस्रो लाफा राट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिताकाे तयारी पुरा



बुटवल । लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ ।

खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित माघ २३ र २४ गते दुई दिन प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, दाङ्ग, बाकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगितामा यस वर्ष ८० टिमको सहभागीता रहेको संयोजक गाहाले बताए ।

खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए ।

भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले प्रतियोगिताको उदघाटन गर्ने समुहका संरक्षक बासुदेव लामिछानेले बताए । दुई सम्म चल्ने प्रतियोगिता खबरकुरा डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने समेत उनले जानकारी दिए । गतबर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागी रहेका थिए । यस्तै यसबर्ष पुरस्कार राखी पनि बृद्धि गरिएको छ ।

विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको लामिछानेले बताए । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो ।

समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर टे्रनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ । पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ व्यतिmको जग्गा लिजमा लिएर चलाउनु पर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ४ : ०२ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।