२३ आश्विन २०८३, शुक्रबार | October 10, 2026

आज नारायणहिटी दरबार अगाडि ओली पक्षको शक्ति प्रदर्शन, नयाँ घोषणा के गर्लान ओलीले ?



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रदर्शनमा भाग लिन देशभरबाट ओली नेकपाका कार्यकर्ता र समर्थहरु काठमाडौं आएका छन् । शक्ति प्रदर्शनमा भाग लिन हिजै काठमाडौं आइपुगेकाहरुलाई विभिन्न होटल र पार्टी प्यालेसहरुमा राखिएको छ ।

नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छन् ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताले सम्बोधन गर्दैछन ।

सभा हुनुभन्दा अगाडि काठमाडौं उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ । सभाका लागि दरबारमार्गको सडक अगाडि रहेका डिभाइर हटाइएको छ ।

यसअघि त्यहाँ सडक बीचबाट सवरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्ने बृहत सभा हुने भएपछि डिभाइडर हटाइएको हो ।

माघ ९ गते प्रचण्ड नेपाल नेकपाले काठमाडौंमै गरेको शक्ति प्रदर्शनका दिन सडक अवरोध हुँदा बबरमहल पुग्न वैकल्पिक सडक प्रयोग गर्न बाध्य प्रधानमन्त्री ओलीले सोही दिन शक्ति प्रदर्शन र जनपरिचालन कस्तो हुन्छ २३ गते देखाइदिने दाबी गरेका थिए ।

धेरैले ओलीले नारायणहिटी अगाडिबाट के सम्बोधन गर्छन् भन्नेमा चासो राखेका छन् । उनका विपक्षीहरुले ओलीले दरबार अगाडि शक्ति प्रदर्शनको आयोजना गरेर राजावादी र कट्टर दक्षिणपन्थीहरुलाई खुशी बनाउने सम्बोधन आउने आशंका गरेका छन् । केही दिन अघि मात्र प्रचण्ड नेपाल नेकपाका नेता सुरेन्द्र पाण्डेले ओलीले हिन्दु राष्ट्र पुनर्स्थापनाको घोषणा गर्नसक्ने बताएका थिए ।

तर, ओली निकट नेताहरुले भने चुनाव केन्द्रित सम्बोधन हुने दाबी गरेका छन् ।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ६ : ३० बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट