७ आश्विन २०८३, बुधबार | September 23, 2026

मूल पार्टी हामी हौं अब कुनै अलमल छैन, यही सभाको उपस्थितिले फैसला ग-यो : प्रधानमन्त्री ओली



काठमाडौं । ओली पक्षीय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मूल पार्टी भएको दाबी गरेका छन् ।

नारायणहिटी दरबार अगाडि आयोजित बृहत् सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सातदशकसम्म लोकतन्त्रका लागि लडेर आएको नेकपाको मात्रै नभएर देशकै मूल पार्टी भएको दाबी गरे । ओलीले सभामा उपस्थित मासलाई हातले इशारा गर्दै भने, हामी हौं मूल पार्टी हौं, जहाँ लाखौं जनता छन् ।
ओलीले प्रश्न गर्दै भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्ने पार्टी हाम्रो पार्टी हो । अझै पनि बताउनुपर्छ कुन मूल पार्टी हो कुन हैन भनेर आजैबाट टुंगो लाग्यो अब कुन सक्कली कुन नक्कली हो भनेर । अब कुनै अलमल छैन ।’

ओलीले ट्याक्सीभित्र ड्राइभर जलाउन खोज्नेलाई सर्वहारावादी पार्टी रे भन्दै प्रचण्ड नेपाल नेकपालाई ब्यंग गरे । उनले भने, ‘ नेपाल बन्द रे ! बुढी आमाको साग फाल्दिने सर्वहारावादी रे ! तरकारी मुला फाल्दिने पनि सर्वहारावादी रे ! तर सरकारले ती गरिबलाई हामी क्षतिपूर्ति दिन्छौं ।’

ओलीले प्रचण्डलाई नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए । उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छ् ती दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । अब शान्तिपूर्ण नेपाल हो ।’

ओलीले आफ्नो सभामा सहभागी बढी हुन्छन् भनेर हिजो नेपाल बन्द गरेर तर्साउन खोजिएको आरोप लगाए । बाटोमा खाल्टो खन्ने, बम समेत राखेर विप्लवको नाम लेख्ने काम भएपनि सभामा लाखौंको उपस्थितिले ती मान्छेहरुको मनसुवालाई असफल बनाइदिएको दाबी गरे । उनले भने, ‘हामीलाई त आससभा गर्ने ठाउँसमेत भएन ।’ ओलीले अहिलेसम्मकै इतिहासमा सबैभन्दा ठूलो सभा भएको भन्दै सन्तोष व्यक्त गरे ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  २ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई