७ माघ २०८२, बुधबार | January 21, 2026

पर्यटन प्रर्वद्धनका लागि साइकल यात्रा



बर्दिया । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बाँकेको नेपालगन्जबाट शुरु भएको ‘टुर डे ठाकुरद्वारा’ साइकल यात्राको टोली बर्दिया पुगेको छ । बर्दियाको कृष्णसार संरक्षण पुगेको साइकल यात्राको टोलीलाई जिल्ला समन्वय समिति बर्दियाका संयोजक सहितको टोलीले स्वागत गरेको थियो ।

नेपालगन्ज साइक्लिङ क्लब र नाट्टा बाँकेले आयोजना गरेको साइकल यात्रा आज विहान नेपालगन्जको बागेश्वरी मन्दिर पूर्वपट्टिबाट सुरु भएको थियो । यात्राको सुभारम्भ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले गरेका थिए । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रका प्रचार प्रसार गर्ने उद्देश्यले सुरु गरेको साइकल यात्रा बाँकेको नेपालगन्ज, जानकी गाउँपालिका, खजुरा गाउँपालिका र बर्दियाको बढैयाताल, गुलरिया, कृष्णसार संरक्षण क्षेत्र, मधुवन, ओरालीबजार, डल्ला होमस्टेहुँदै ठाकुरबाबा मन्दिरसम्म हुनेछ ।

कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उकास्न र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न साइकल यात्राको तेश्रो संस्करणको आयोजना गरिएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । भोली (शनिबार)े ठाकुरद्वारामा पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी २५ गते नेपालगन्ज फर्कनेछ । यात्रामा नेपाल र भारतका दुई सय ५५ जनाको सहभागिता रहेको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ८ : २३ बजे

म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काँक्रेविहार । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम

सुनको भाउमा अभूतपूर्व वृद्धि, तोलामा एकैदिन १० हजार चार सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

पोखरा । प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका