५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सिद्धार्थ बिजनेश ग्रुप २३औँ बर्षमा : आश्रित बालबालिका र असहायलाई सहयोग गर्दै मनायो वार्षिकोत्सव



काठमाडौं । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २३ वर्ष पुरा गरेको छ ।

कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ विजनेश ग्रुपले माइती नेपालमा आश्रित बालबालिका तथा अशक्त र असहायहरुलाई राहत सहयोग गरेर आफ्नो वार्षिकोत्सव मनाएको छ ।

विजनेश ग्रुपले माइती नेपालमा आश्रित बालबालिकालाई राहत सहयोग गर्नुका साथै, दशेका सबै शाखाहरु रहेका स्थानहरुमा रक्तदान, अपाङ्गता भएका असहायलाई खाद्य सामाग्री प्रदान, विभिन्न सामुदायिक बिध्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, नगर सरसफाई लगायतका विभिन्न रचनात्मक कार्य गरी आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष नुराधा कोइरालाबाट वृक्षारोपण गरिएको थियो । कोईरालाले नै केक काटेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।

 

 

 

 

 

 

 

 

 

सिद्धार्थ विजनेश ग्रुपले घरेलु हिंसा र मानव बेचबिखन रोकथामको माईती नेपालको अभियानमा सहकार्य गर्ने र उद्धार गरिएका पीडितलाई रोजगारीको अवसर दिने घोषणा गरेको छ । साहाराबिहीन भएर बसेका असहायहरुलाई सिद्धार्थले रोजगारी प्रदान गर्ने विजनेश ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

कैलालीको टीकापुरबाट नास्ता पसलबाट हपिस्टालिटी व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपको २३ वर्ष पुग्दासम्म पश्चिम महेन्द्रनगर देखि झापाको बिर्तामोडसम्म आफ्नो सेवा बिस्तार गरेको छ।

महेन्द्रनगर, कैलाली टीकापुर, कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितवनको चुम्लिङटार र काठमान्डौको विभिन्न स्थानमा रेष्टुरेन्ट, होटेल, क्याफे , हस्पिटालिटी इष्ट्रिच्युट, हस्पिटालिटी ट्रेड, क्ष्त् कम्पनी, ट्राभल र गुल्मीमा कृषि फर्म गरी २५ वटा शाखाहरु रहेका छन् ।

सिद्धार्थ ग्रुपले आफ्नो सेवा बिस्तारकै क्रममा केही दिन अघि मात्र काठमाडौं बौद्धमा चार तारे स्तरको बुटिक होटल र हेटौंडामा तीन तारे स्तरको होटल सञ्चालनमा ल्याएको छ।

साथै भैरहवामा पाँच तारे होटल र इलामको कन्याम, कपिलवस्तुको चन्द्रौटा, जुम्लामा रिसोर्ट छिट्टै सन्चालनमा आउने योजना रहेको कम्पनीका कार्यकारी अधिकृत कृष्ण न्यौपाने बताए।

२३औं वार्षिकोत्सवको अबसरमा विजनेश ग्रुप अफ हस्पिटालिटी अर्न्तगतका सबै शाखाहरुले माघ मसान्तसम्म सबै शाखाहरुबाट आफ्नै मोबाइल एपको माध्यमबाट अर्डर गर्दा एक परिकार किन्दा अर्को एक परिकार निस्शुल्क उपलब्ध गराउने अफर राखिएको सीईओ न्यौपानेले बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : १४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं