८ बैशाख २०८१, शनिबार | April 20, 2024

आजबाट सरकारी वकिललाई बहसगर्न १५ मिनटमात्र



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न शुक्रबार सम्म असिमित समय पाएका सरकार पक्षका अधिवक्ताहरुलाई आइतबारदेखि भने १५ मिनेट समय दिइएको छ ।

शुक्रबार सम्म रमाईलो सवाल-जवाफ गरिरहेका संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारको इजलासको सुरुमै सरकारी अधिवक्तालाई १५ मिनेट समय निर्धारण गरिएको सुनाएका थिए ।

शुक्रबारसम्म रिट निबेदनकम बिपक्षी सरकार पक्षका ८ जनाले बहस गरिसकेका छन् । शुक्रबार सम्ममा सरकारको प्रतिरक्षामा महान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्त, नायव महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकराज बराल र खेमराज ज्ञवालीले बहस गरिसकेका छन् ।

संसद विघटनको पक्षमा बहस गर्न अव सरकारी वकिलहरु नायब महान्याधिवक्ता टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ताद्वय श्याम भट्टराई, उद्धवप्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनी बाँकी छन् । त्यसबाहेक प्रधानमन्त्रीको पक्षमा बहस गर्न नाम दर्ता गरेका १ सय बढी निजी कानुन व्यवसायीको पालो आउन बाँकी छ ।

सरकारपक्षको बहस सकिएपछि अर्का विपक्षी सभामुखका वकिलहरुले बहस गर्ने छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १ : १८ बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस