४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपाको विरोध प्रदर्शन, उपत्यकाको ट्राफिक अस्तव्यस्त बन्ने



काठमाडौं । प्रचण्डनेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले गर्न लागेको विरोध प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक बिहानदेखि अस्तव्यस्त हुनेभएको छ ।

प्रचण्ड नेपाल नेकपाले गर्न लागेको आज उपत्यकामा काठमाडौं बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता, समर्थकहरु उतार्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा गर्न लागेको विरोध प्रदर्शनमा २ लाख बढीको सहभागिता हुने दाबी गरेको नेकपाले उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकाल्दैछ । जसका कारण बिहानदेखि नै चक्रपथभित्रको ट्राफिक अस्तव्यस्त हुनेभएको हो ।

बिहान ११ बजेदेखि जुलुस प्रदर्शन हुनेभएपनि काठमाडौं बाहिरबाट आएका ठूलो समुह चक्रपथभित्र छिर्न थालिसकेका छन् । पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट जुलुस निकाल्ने नेकपाले तयारी गरेको छ । जुलुसको नेतृत्व नेकपाका शिर्ष नेताहरुले गर्दैछन् ।

जुलुस रत्नपार्क र भद्रकाली सडकको बीचमा मुलसडकमै विरोध सभामा परिणत हुनेछ । काठमाडौंको मुख्य केन्द्रको मूल सडकमै सभा हुनेभएपछि ट्राफिक बेलुकासम्मै अस्तव्यस्त हुनेभएको हो ।

टुँडिखेल वरिपरिको सडक बन्द हुँदा त्यसको चाप रामशाहपथ पुतलीसडक सडकलाई पर्ने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले र्‍याली, जुलुस र आमसभा हुने स्थानलाई छोडेर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ०१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज