११ चैत्र २०८२, बुधबार | March 25, 2026

ओलीलाई जनताले धिक्कार भनेका छन् : माधव नेपाल



काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान ध्वस्त बनाएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको बृहत सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई लोकतन्त्र मिचेकोमा जनताले धिक्कार गरिरहेको बताए ।

प्रतिनिधिसभा विघटन गरेर, असंवैधानिक नियुक्तिहरु गरेर ओलीले संविधानलाई ध्वस्त गराएको बताउँदै नेपालले भने, ‘जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ।’

अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको जप गरे पनि अहिले उनले वास्तवमा भण्डारीलाई बिर्सेर पशुपतिनाथको मात्रै जप गरिरहेको टिप्पणी गरे । तर, पशुपतिनाथले पनि ओलीको भलो नगर्ने उनले दाबी गरे । ‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छ,’ नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् चेतना भया । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् ।’

ओलीले आफुसँग समर्थन गर्ने मान्छे नभएपछि जतासुकै धाकधम्की मात्रै गर्दै हिँडेको आरोप लगाए । ओलीमा जनमतमा विश्वास गर्ने क्षमता नभएपछि उनी धम्कीको सहारा लिएको उनले तर्क गरे । ओली प्रतिगमनको प्रतीक भएको र ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको उनको आरोप थियो ।

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भैरहेका बलात्कारका घटनामा ओलीले कारवाही गर्न नसकेको आरोप लगाए ।

 

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : १४ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई