२८ बैशाख २०८३, सोमबार | May 11, 2026

अबदेखि युएई, कतार, ओमान, कुवेत, बहराइन लगायतबाट सजिलै नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले ईन्स्टेण्ट क्यासको सेवाप्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सक्ने भएका छन् ।

विश्वको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईन्स्टेण्ट क्यास र जीएमई रेमिट प्रा.लिबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएपछि विदेशबाट पैसा पठाउन सजिलो हुने भएको हो ।

नेपालमा जीएमई रेमिटसँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र नेपालको जुनसुकै बैंकको खातामा तुरुन्तै रकम झिक्न मिल्ने गरी जम्मा गर्न सकिनेछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सम्झौतामा जीएमई रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र ईन्स्टेण्ट क्यास को तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुल्तान अल महमूदले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जीएमई रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको जीएमई रेमिट नेपालले दाबी गरेको छ ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ४४ बजे

संसदमा नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहनको मुद्दा किन नलाग्ने ?

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले सरकार निरंकुशतातर्फ उन्मुख

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै

कांग्रेसको प्रश्न : संसद छलेर सरकार किन अध्यादेशको बाटोमा गयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदलाई बेवास्ता

प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु, विपक्षी दलहरूबाट सरकारको विरोध 

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भएको छ

प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसद्वारा राज्यव्यवस्था समिति बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह लगातार दोस्रो पटक प्रतिनिधिसभाको राज्य