७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

अबदेखि युएई, कतार, ओमान, कुवेत, बहराइन लगायतबाट सजिलै नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । अब युएई, कतार, ओमान, कुवेत, बहराइन लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरुले ईन्स्टेण्ट क्यासको सेवाप्रयोग गरी जि.एम.इ रेमिटको माध्यमबाट सजिलैसँग नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन सक्ने भएका छन् ।

विश्वको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईन्स्टेण्ट क्यास र जीएमई रेमिट प्रा.लिबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएपछि विदेशबाट पैसा पठाउन सजिलो हुने भएको हो ।

नेपालमा जीएमई रेमिटसँग आबद्ध १५,००० भन्दा बढी एजेन्टहरुबाट सजिलै नगद भुक्तानी लिन सकिने छ र नेपालको जुनसुकै बैंकको खातामा तुरुन्तै रकम झिक्न मिल्ने गरी जम्मा गर्न सकिनेछ । साथै मोबाईल वालेटमा समेत लोड गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

सम्झौतामा जीएमई रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र ईन्स्टेण्ट क्यास को तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुल्तान अल महमूदले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

जीएमई रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको जीएमई रेमिट नेपालले दाबी गरेको छ ।

 

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ४४ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल