१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बाँकेको खजुरा गाँउपालिका स्वास्थ्य सुविधामा आत्मनिर्भर बन्दै



खजुरा । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले खजुरालाई स्वास्थ्य सेवाको हव बन्न कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । बुधबार वडा नम्बर ४ मा नव निर्मित आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै गाउँपालिका प्रमुख कक्षपतिले हरेक वडामा स्वास्थ्य सेवा पुगाइएको र थप उपचारका लागी खजुरामै रहेको क्यान्सर अस्पताल तथा स्वास्थ्य चौकिमा जनतालाई सेवा दिईने बताए ।

कक्षपतिले समृद्ध खजुरा निर्माण गर्ने क्रममा अर्को खुडकिलो पार गरेको अनुभुति भएको भन्दै सबै वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण भई सेवा आरम्भ गरिएको जानकारी दिए । उनले खजुरामा अब वडा नम्बर ६ मा मात्र भवन उद्घाटन गर्न बाँकि रहेको उल्लेख गरे । कक्षपतिले स्वास्थ्यकर्मिहरुलाई निर्देशन दिदै विरामिलाई मुस्कान सहितको सेवा दिन आग्रह समेत गरे ।

३७ लाख लगानीमा निर्मित उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रलाई थप सुविधा युक्त बनाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँपालिका सधै प्रतिवद्ध रहेको कक्षपतिको भनाई छ ।

कार्यपालिका सदस्य योगमाया खनालले वडामै जनताले स्वास्थ्य सेवा सुविधा पाउन सफल भएकोमा खुसी व्यक्त गरिन् ।

स्वास्थ्य सेवा केन्द्रलाई जग्गा उपलव्ध गराएको मनकामना आधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देउराम बुढाक्षेत्रिले घर छेउमै आधारभुत स्वास्थ्य सेवा लिन पाउदा हर्सित भएको बताए ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ३८ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा