२४ आश्विन २०८३, शनिबार | October 10, 2026

ग्रीसमा लकडाउनको घोषणा



एजेन्सी । ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् ।

कोरोना भाइरसको महामारी न्यूनीकरण गर्न मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरिएको हो ।

ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।

लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरि अनलाइन कक्षामा फर्किएका छन् ।

त्यसैगरी अन्य पसल तथा सेवाका क्षेत्रसमेत बन्द गरिएको छ । ग्रीसमा गत नोभेम्बरको ७ तारिखदेखि देशव्यापी लकडाउन लागू गरिएको थियो ।

लकडाउनको म्याद बेलाबेलामा थप्ने र क्षेत्रअनुसार पनि हेरफेर गर्ने क्रममा अहिले यस क्षेत्रमा थप गरिएको अधिकारीहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ४३ बजे

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन