२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैन्य नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

म्यानमारमा ‘कू’ गर्ने सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकास्थित म्यानमारको कोषलाई फ्रिज गर्न लागेको बताएका छन । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने बीबीसीले जनाएको छ ।

यो कदमले अमेरिकामा रहेको म्यानमारको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोकिने छ । राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ ।

बाइडेनले म्यानमारको सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत अन्य नेताहरूलाई रिहा गर्न माग गरेका छन् । यसअघि रोहिंग्या मुस्लिमविरुद्ध दमन गरेको आरोपमा म्यानमारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ४६ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले