११ बैशाख २०८१, मंगलबार | April 23, 2024

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा



एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारका सैन्य नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

म्यानमारमा ‘कू’ गर्ने सैन्य जनरललाई सत्ता छोड्न आह्वान गर्दै बाइडेनले अमेरिकास्थित म्यानमारको कोषलाई फ्रिज गर्न लागेको बताएका छन । यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार-व्यवसायप्रति लक्षित हुने बीबीसीले जनाएको छ ।

यो कदमले अमेरिकामा रहेको म्यानमारको एक अर्ब डलर बराबरको सरकारी कोषमा सेनाको पहुँच रोकिने छ । राष्ट्रपति बाइडेनका अनुसार अमेरिकाले यो हप्ता प्रतिबन्धको पहिलो चरणमा ती व्यक्तिलाई चिन्हित गर्नेछ जसमाथि प्रतिबन्ध लगाइनेछ ।

बाइडेनले म्यानमारको सेनालाई आफ्नो कदम फिर्ता लिन र सू चीसिहत अन्य नेताहरूलाई रिहा गर्न माग गरेका छन् । यसअघि रोहिंग्या मुस्लिमविरुद्ध दमन गरेको आरोपमा म्यानमारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई अमेरिकाले कालोसूचीमा राखिसकेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ६ : ४६ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै