२८ बैशाख २०८३, सोमबार | May 11, 2026

संसद पुनर्स्थापना भयो भने कुनै दलको बहुमत पुग्दैन, फेरि अस्थिरता, सांसद किनबेचको सृङ्खला सुरु हुनेछ : प्रधानमन्त्री ओली



बुटवल । प्रधानमन्त्री केपी शर्माओलीले ६४ प्रतिशत सांसदहरुको समर्थन रहेको प्रधानमन्त्रीले गरेको संसद विघटन असंबैधानिक हुन नसक्ने बताएका छन् ।

नेकपाको ओली पक्षले आज बुटवलमा आयोजना गरेको प्रदेश स्तरको जनसभालाई सम्बोधन गर्दै संसद चल्नसक्ने अवस्था नभएपछि र अर्को सरकार पनि बन्न सक्ने अवस्था नभएपछि आफुले संसद विघटन गर्नु परेको बताए ।

उनले बहुमत प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताउंदै काम गर्न नदिने, अस्थिरता तर्फ लैजाने पार्टी भित्रै असहयोग भएकाले संबिधान सम्मतरुपमा संसद विघटन गरेको दाबी गरे ।

उनले संसद पुनस्र्थाना भएको अवस्थामा कुनै दलको बहुमत नपुग्ने र पुन अस्थिरता, सांसद किनबेच र संसदीय ब्यवस्था नै बदनाम हुने अवस्था आउने चतावनी दिंदै जनताले पुनः स्थिर सरकार दिएर विकासको बाटो खोल्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले अस्थिरता आउने गरि अदालतले फैसला नगर्ने बिश्वास ब्यक्त गरे ।

३ दिन अगाडी देशभरीबाट जम्मा भएका केहि मान्छे देखाउंदै आफुलाई मान्छे हेर्न बोलाएको प्रशंग कोटेयाउँदै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको जनता र जनसहभागिता हेर्न आउन प्रचण्ड-नेपाल पक्षलाई उनले आग्रह गरे । उनले बुटवलको उपस्थितीलाई अस्थिरताका विरुद्ध दिएको जवाफको संज्ञा दिए ।

प्रचण्ड-नेपाल पक्षलाई कटाक्ष गर्दै ओलीले पार्टी बनाउन नचाहने, आन्दोलनको रक्षा गर्न नचाहने र विकास हेर्न नचाहने केहि तत्व पार्टीबाट बाहिरिएको भन्दै उनीहरु निस्केपछि रोकिएको पार्टी चलायमान भएको बताए । उनले केहि मान्छेहरुले पार्टी छाडेपछि पार्टी चलाएमान भएको बताए । ‘३ वर्ष देखि पार्टी हल न चल भएकोमा उनीहरुले पार्टी छाडेपछि पार्टी चलायमान भएका छन् । पार्टी भित्रै बसेर बिरोध गरिरहेकाहरु आज बाहिर गएर बिरोध गरिरहेका छन् । उनीहरुले पार्टी छाडेपछि पार्टीमा अनुसासीत भएको, बिचार मिलेको पार्टी र सुदृढ पार्टी बनेको छ । कठैबरा भन्नु पर्ने कोहिपनि बाहिर गएका छैनन् ।’ प्रधानमन्त्री ओलीले भने ।

‘संसद विघटन भनेको प्रतिगमन हो रे, जनताको बिचमा जानु भनेको प्रतिगमन हो रे । जनताको बीचमा जाने काम कसरी प्रतिगमन हुन्छ ?’ ओलीले प्रश्न गरे,  ‘बैशाखमा एक्कासी प्रधानमन्त्रीले राजिनामाको कुरा आयो, प्रधानमन्त्री हुन मनलागेर हुने कुरा हो ? ‘ जतिबेला देशको भुभाग समेटेर नक्सा बनाएकै बेला प्रधानमन्त्रीको राजिनामा मागेको ओलीले आरोप लगाए । ‘नक्सा प्रकाशित भएपछि उनीहरु आत्तीए त्यसैले राजिनामा मागियो ।’ प्रधानमन्त्री ओलीले भने ।

२८ गते काठमाडौमा प्रचण्ड-नेपाल पक्षले गरेको सभालाई ब्यङ्ग गर्दै ओलीले १७ जनालाई वक्ता बनाएर आफु विरुद्ध १७ गाली पुराण सुनाएको टिप्पणी गरे । ‌बैशाखकाे चुनावमा अन्य पार्टीकाे बाकस रित्ताे हुने र नेकपाकाे बाकस जनताकाे मतले भरिने ओलीले दाबी गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ३० बजे

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि