५ चैत्र २०८२, बिहिबार | March 19, 2026

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात



काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ का केही भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

देशका पहाडी भू-भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने संभावना छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ६ : ५२ बजे

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

संसद् सचिवालयले बोलायो प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

काठमाडौं । संघीय संसद् सचिवालयले फागुन २१ को निर्वाचनबाट विजयी

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे