५ श्रावण २०८३, मंगलबार | July 22, 2026

होटल रिसोर्टको पहिचान स्थापित गर्न तारा संकेत चिन्ह निर्धारण गरिने



काठमाडौं । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्हको रुपमा तारा (स्टार) चिन्ह निर्धारण गर्ने भएको छ ।

होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिन्ह प्रदान गर्ने र उक्त संकेत चिन्हलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न लागिएको पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए । संकेत चिन्हमा सबैभन्दा माथि सरकारको लोगो, बीचमा होटलले प्राप्त गरेको तारा अथवा चिन्ह रहने छ भने सबैभन्दा तल होटलको नाम रहने छ ।

यस्तो संकेत चिन्न निश्चित साइजको हुने र उक्त चिन्हलाई होटल, रिसोर्ट तथा बुटिक होटल लगायतका सबै किसिमका होटलले सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । सबैस्तरका रिसोर्ट, तरास्तरका होटल तथा सबै स्तरका बुटिक होटलले आफ्नो प्रवेशद्धारमा सम्बन्धित स्थानीय तहले तोकेको आकारमा होटल/रिसोर्टको बनौट अनुसार सजिलै देखिने गरी तोकिएको संख्याका तारा चिन्ह अर्थात प्राप्त गरेको संकेत चिन्ह सहितको साइनबोर्ड राख्नुपर्ने पनि महानिर्देशक तामाङले बताए ।

पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटक स्तरको होटलमा स्तरवर्गीकरण भएका सबै होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा TS लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने पनि महानिर्देशक तामाङले जानकारी दिए ।

यस्तै मोटल होटलको हकमा गोलाकार रेखाभित्र रातो रङ्मा M र पर्यटक इनको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा I लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गर्ने भएको छ । बेड एण्ड ब्रेकफाष्टको हकमा गोलाकार रेखाभित्र रातो रङ्गमा B&B लेखिएको चिन्हलाई संकेत चिन्हको रुपमा निर्धारण गरिने भएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ४ : १६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं