२८ बैशाख २०८३, सोमबार | May 11, 2026

नागरिक प्रदर्शन सैन्य नियन्त्रणमा रहेको टुँडिखेल प्रवेश गर्दै ! पुरानो खरिबोट रहेको स्थानबाट घोषणापत्र जारी हुने



काठमाडौं । प्रतिनिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलीत नागरिक समाजले आज नेपाली सेनाले कब्जा गरेको टुंडिखेल प्रवेश गरेर घोषणापत्र जारी गर्ने तयारी गरेको छ ।

इतिहासमा प्रजातन्त्रकालागि जनताले उदघोष गरेको टुँडिखेलको खरिबोट रहेको स्थानमा पुगेर घोषणापत्र जारी गर्ने योजनाका साथ नागरिक समाजले आज आम नागरिकलाई सडकमा आउन आह्वान समेत गरेको छ । समाजका अनुसार सैनीक कब्जामा रहेको पुरानो खरिबोट भएको स्थानमा पुग्न नागरिक समाजले प्रयास गरेपनि जबर्जस्ती भने गर्ने छैन । फागुन ७ गतेको दिन पारेर नागरिक समाजले घोषणापत्र जारी गर्न थालेको हो ।

‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो । बिहीबार समाजले नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको थियो । विज्ञप्तिमा सत्तरी वर्षदेखि बाँकी रहेका सबै सवाल उठाउँदै, सबैखाले प्रतिमगनविरुद्ध एक हुन अपिल गरिएको छ ।

विज्ञप्ति अनुसार टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ ।

प्रजातन्त्रकालागि पहिलो उदघोष भएको तथा नागरिक प्रजाबाट जनता बनेको टुँडिखेलबाटै नागरिक आन्दोलनको घोषणापत्र जारी गर्न कसैले अवरोध नगर्ने समाजे अपेक्षा गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहदेखि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले समेत त्यही खरीको बोटबाट सम्बोधन गरेका थिए।

रत्नपार्क हुँदै भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट सैनिक कब्जामा रहेको टुँडिखेलको सोही क्षेत्रमा प्रवेश गर्ने कार्यक्रम राखेको छ।त्यसपछि हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने छ । त्यसपछि कविता वाचन र मन्तव्य सहित कार्यक्रम समापन गर्ने समाजको कार्यक्रम रहेको छ ।

नेपाली सेनाले निर्धारण गरेको कार्यक्रमस्थल सम्म पुग्न दिने सम्भावना भने निकै कम छ । निर्धारित साबिक खरिबोट रहेको स्थानसम्म पुग्न नदिए जहाँ रोकिन्छ त्यहीं कार्यक्रम गर्ने नागरिक अगुवाहरुले कार्यक्रम बनाएका छन् ।

‘टुँडिखेल नागरिकको हो, नागरिककै स्वामित्वमा आउनुपर्छ। टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन, टुँडिखेल अब मुक्त हुनुपर्छ,’ बृहत् नागरिक आन्दोलनको अपिलमा समेत भनिएको छ।

नेपाली सेनाको भने नागरिक आन्दोलन र टुँडिखेल प्रवेश सम्बन्धमा कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : ३७ बजे

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले