२ असार २०८३, मंगलबार | June 16, 2026

प्रदेश १ र बागमतीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पास गर्न काँग्रेसले सघाउँछ : पौडेल



विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावलाई पास गराउने बताएका छन् ।

विराटनगरमा शुक्रबार संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले सत्तापक्षको विपक्षमा आएको प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव पारित गराउन आफ्नो पार्टीले सघाउने बताएका हुन् ।

पौडेलले पार्टीले ओली सरकारको पक्षलाई समर्थन हुने कुनै पनि क्रियाकलाप नगर्ने जनाउँदै पार्टी सभापतिले रोके पनि प्रदेशसभा सदस्यहरुले अविश्वासको प्रस्ताव पारित गराउने दाबी गरे । उनले ओली समुहलाई काँध हाल्ने काम नगर्न सभापति देउवालाई आग्रह गरे ।

प्रदेश १ र बागमती प्रदेशमा नेकपाको प्रचण्ड नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्नबाट सत्तापक्षले अवरोध गर्दै आएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखिए प्रदेशसभा नै भंग हुनसक्ने चेतावनी दिएका छन् ।

काँग्रेस वरिष्ठ नेता पौडेलले मुख्यमन्त्री राईको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रदेशसभालाई कसैले भंग गर्न नसक्ने बताउँदै पौडेलले असंवैधानिक तरिकाले भएको प्रतिनिधिसभा भंगलाई अदालतले पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।

‘पहिले पनि राजाले गरेका जथाभावी कुरालाई उल्ट्याएको अदालतको इतिहास छ,’ मुलुक जोगाउने आशाको केन्द्र अब सर्वोच्च अदालत मात्र बाँकी रहेको बताउँदै पौडेलले भने, ‘मुलुकमा विग्रह मच्चाउनेलाई अदालतले तह लगाउनेमा विश्वास छ ।’

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ५३ बजे

मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको

“सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ”

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा,

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र

बाँकेका स्थानीय तहमा विपद् कोष सञ्चालन

नेपालगन्ज । बाँकेका आठ वटा स्थानीय निकायले विपद् जोखिम न्यूनीकरणका

मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ