८ बैशाख २०८१, शनिबार | April 20, 2024

म्यानमारको सैन्य कू विरुद्धको प्रदर्शनमा सहभागि दुई जनाको मृत्यु, २० बढी घाईते



एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ ।

सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना भन्दा बढी घाइते भएका छन् ।

सेनाले गत वर्षको नोभेम्बर ८ मा भएको चुनावमा धाँधली भएको आरोप लगाएको थियो । निर्वाचनमा नेतृ आङ साङ सूचीको पार्टीले बहुमत हासिल गरेको थियो । तर संसदको पहिलो बैठक बस्ने दिन नै नेतृ सूची र राष्ट्रपति तथा प्रदेशका मुख्यमन्त्रीसहित सबै जननिर्वाचित नेताहरुलाई पक्राउ गरेर सेनाले कू गरेको थियो ।

सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण, पेशाकर्मी तथा बौद्ध भिक्षुहरु समेत प्रदर्शनमा सहभागी भइरहेका छन् । सैनिक कू विरुद्ध प्रदर्शन तीव्र बन्दै गएका बेला सुरक्षाकर्मीले बल प्रयोग गर्न थागेको हो । म्यानमारको दोस्रो ठूलो शहर मान्दालायले भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ३६ वर्षका एक पुरुष र १८ वर्षमुनिका एक किशोरको मृत्यु भएको हो ।

यसअघि प्रदर्शनका क्रममा एक महिलाको मृत्यु भएको थियो । ९ फेब्रुअरीमा प्रदर्शनका क्रममा टाउकोमा गोली लागेकी एक महिलाको गत शुक्रबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : ४२ बजे

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र