१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अमेरिकाको बोइङ जहाज दुर्घटनाबाट जोगियो (भिडियो सहित)



एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ ।

२३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा विमानस्थलबाट उडेको केहीबेरमै समस्या आएको थियो ।

इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसंग सम्पर्क गरेका थिए । ट्विटरमा पोष्ट भएका भिडियोमा इन्जिनमा आगो लागेको देखिन्छ । तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराएका छन ।

डेनभर इन्टरनेशनल एयरपोर्टबाट शनिबार दिउँसो १२:४९ बजे उडेको जहाज १:३० बजे फर्केर अवतरण गरेको थियो । फर्कने क्रममा एउटा इन्जिनका टुक्राहरू बाटैमा खसेका थिए ।

डेनभर विमानस्थलका प्रवक्ता एलेक्स रेन्टरियाले सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएका छन । जहाजका टुक्रा बाटोमा खसे पनि अहिलेसम्म कोही घाइते भएको खबर नआएको उनले बताए ।

ब्रुमफिल्ड प्रहरीले धेरै ठाउँमा जहाजका टुक्रा खसेको उल्लेख गर्दै अनुसन्धानका लागि चाहिने भएकाले तिनलाई नछुन र यताउता नफाल्न आग्रह गरेको छ ।

अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने बिबिसीले जनाएको छ ।

https://twitter.com/michaelagiulia/status/1363241125495136267?s=20

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १४ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम