६ श्रावण २०८३, बुधबार | July 23, 2026

अमेरिकाको बोइङ जहाज दुर्घटनाबाट जोगियो (भिडियो सहित)



एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ ।

२३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा विमानस्थलबाट उडेको केहीबेरमै समस्या आएको थियो ।

इन्जिनमा समस्या आएपछि पाइलटले सहयोग माग्दै डेनभर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलसंग सम्पर्क गरेका थिए । ट्विटरमा पोष्ट भएका भिडियोमा इन्जिनमा आगो लागेको देखिन्छ । तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराएका छन ।

डेनभर इन्टरनेशनल एयरपोर्टबाट शनिबार दिउँसो १२:४९ बजे उडेको जहाज १:३० बजे फर्केर अवतरण गरेको थियो । फर्कने क्रममा एउटा इन्जिनका टुक्राहरू बाटैमा खसेका थिए ।

डेनभर विमानस्थलका प्रवक्ता एलेक्स रेन्टरियाले सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएका छन । जहाजका टुक्रा बाटोमा खसे पनि अहिलेसम्म कोही घाइते भएको खबर नआएको उनले बताए ।

ब्रुमफिल्ड प्रहरीले धेरै ठाउँमा जहाजका टुक्रा खसेको उल्लेख गर्दै अनुसन्धानका लागि चाहिने भएकाले तिनलाई नछुन र यताउता नफाल्न आग्रह गरेको छ ।

अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने बिबिसीले जनाएको छ ।

https://twitter.com/michaelagiulia/status/1363241125495136267?s=20

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : १४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क