५ पुस २०८२, शनिबार | December 20, 2025

गाँजा नष्ट गरेर फर्किएका प्रहरीमाथि स्थानीयको अवरोध, प्रहरीद्वारा दुई राउण्ड हवाई फायर



मकवानपुर । मकवानपुरमा प्रहरी र स्थानीय बासिन्दाबिच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गरेपछि अवस्था नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको प्रहरी अधिकारीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राक्सिराङ-१ का ४३ वर्षीय कान्छालाल रुम्बालाई नियन्त्रणमा लिएको छ । प्रहरीले राक्सिराङ गाउँपालिका-१ गाल्छाराङमा लुकाइएको १८ क्विन्टल गाँजा प्रहरीले शनिबार बरामद गरेको थियो ।

सो गाँजा नष्ट गरेर फर्किँदै गर्दा शनिबार बेलुका स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ५२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ