२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

बुटवलमा पनि उठ्दै नागरिक आन्दोलन (फोटो सहित)



बुटवल । प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलका नागरिक अगुवाहरुले साँकेतिक प्रदर्शन गरेका छन् । अग्रगमनका लागि नागरिक आन्दोलन नाम दिईएको प्रदर्हनमा सहभागी नागरिक प्रतिनिधिहरुले बिभिन्न नारा लेखिएका प्लेकार्डहरु हातमा बोकेका थिए ।

बुटवलको पुष्पलाल पार्कका सडक किनारमा प्लेकार्ड सहित उभिएका नागरिक आन्दोलनका अभियन्ताहरुले संसद विघटनबाट मुलुकमा प्रतिगमनको खतरा बढेको बताएका थिए ।

‘हामी चाहन्छौं अदालतले संविधानको रक्षा गरोस,’ ‘यो सडकको आवाज सुन’, ‘जनताका कुरा सुन’, ‘हामी चाहन्छौं विधिको शासन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका अभियन्ताहरु १ घण्टा बढी सडक किनारमा उभिएर मौन प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा बुटवल क्षेत्रका लेखक, साहित्यकार, विद्यार्थी र विभिन्न पेशाकर्मीसमेत रहेको नागरिक आन्दोलन गठन गरेर आन्दोलन जारी राखेका छन् । स्वतन्त्र नागरिकहरुको आवाज सरोकारवाला सम्म पु¥याउन र आम नागरिकलाई असंवैधानिक कदमका बिषयमा जागरुक गराउन नागरिक आन्दोलन थालिएको नागरिक अगुवा रामचन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद