८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोरोनाबाट मृत्यु भएकाहरुको शोकमा अमेरिकामा पाँच दिन आधा झण्डा झुकाइने



काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् ।

कोरोना महामारीका कारण सर्वाधिक मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवनीय क्षतिभन्दा पनि बढी हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको संक्रमणका कारण निधन भएको हो । कोरोना भाइरस सुरुमा चीनमा देखा परेको थियो ।

मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ३२ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन