२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

कोरोनाबाट मृत्यु भएकाहरुको शोकमा अमेरिकामा पाँच दिन आधा झण्डा झुकाइने



काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् ।

कोरोना महामारीका कारण सर्वाधिक मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवनीय क्षतिभन्दा पनि बढी हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको संक्रमणका कारण निधन भएको हो । कोरोना भाइरस सुरुमा चीनमा देखा परेको थियो ।

मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ३२ बजे

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका