८ माघ २०८२, बिहिबार | January 22, 2026

कोरोनाविरूद्धको खोप : ब्राजिलमा फाइजरको खोप सर्वसाधारणका लागि खुला



एजेन्सी (ब्रासिलिया) । ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर-बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड-१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।

कोभिड-१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, ‘खोपको अनुगमनकारी संस्थाहरूको १७ दिनको समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड-१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्कै पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।’

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : ४५ बजे

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

दाङका वनका सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-३ स्थित नमूना महिला सामुदायिक वनमा

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा