८ माघ २०८२, बिहिबार | January 22, 2026

युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै चिनियाँ खोप



एजेन्सी (बुडापेस्ट) । युरोपेली मुलुकमा हङ्गेरीले मात्रै चिनियाँ खोप प्रयोगको अनुमति दिएको छ ।

हंग्रीको स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप सिनोफार्म लगाउन सुरक्षित रहेको ठहर गरेलगत्तै बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरू भएको छ ।

चिनयाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक हो ।

प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताएका छन् । झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको उनले बताए ।

युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचनासमेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ६ : २६ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।