१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बुटवलमा चुनावै चुनाव, होटल ब्यवसायीको निर्वाचनमा कांग्रेस र नेकपा प्रचण्ड-नेपाल पक्ष बीच गठबन्धन



बुटवल । फागुन महिना लागेसँगै बुटवलमा चुनावै चुनावको माहोल सुरू भएको छ । कोरोना महामारी केही मत्थर भए लगत्तै महामारीको अवस्थामा स्थगित अधिवेशन र चुनावको कार्यक्रमहरु धमाधम हुन थालेका छन् ।

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन आज बिहान देखि जारी छ भने आजै होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको २० औं साधारण सभा तथा १० औं अधिवेसनका लागि संयुक्त प्यानलको उम्मेदबारी पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको छ ।

नेकपा प्रचण्ड-नेपाल पक्षका जिल्ला अध्यक्ष राजु गुरुङ, सचिव निर्मल जिसि, नेपाली काग्रेसका नगर सभापति खेलराज पाण्डे, ट्रेड युनियन नेता काजीमान श्रेष्ठ लगायतको उपस्थितिमा विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि होटल व्यवसायीहरुले संयुक्त प्यानल घोषणा गरेका छन् ।

वर्तमान अध्यक्षसहित केही पदाधिकारीहरु पूर्व सहमती विपरित मनोमानी रुपमा अगाडी बढ्न खोजेपछि आफुहरु छुट्टै प्यानल बनाउन बाध्य बनेको उनीहरुले बताएका छन् ।

अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गर्दै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउन सहमती गरिएपनि वर्तमान अध्यक्ष सहित केहि पदाधिकारीले आफुखुसी निर्णय गर्ने र संघमा गरिएका समझदारी उल्लंघन गर्ने काम भएकाले संघ बचाउनकै लागि उम्मेदवारी दिनुपरेको अध्यक्ष पदका उम्मेदवार जीवन प्रसाद श्रेष्ठले दाबी गरे । उनले आफू लामोसमयदेखि संघमा सदस्य पद हुँदै वरिष्ठ उपाध्यक्षसम्म योगदान दिएको भन्दै आगामी दिनमा समेत ब्यवसायीहरुको हकहितका लागि निरन्तर लाग्ने बताए । समावेशी रुपमा टिम तयार गरेर आफू लागेको बताए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार तथा पुर्वअध्यक्ष देवि श्रेष्ठले जिल्ला स्तरको संस्थालाई साघुरो घेरामा लैजाने काम अहिलेको नेतृत्वबाट भएको दुखेसो गरे। उनले होटल व्यवसायीहरुको साझा संस्थालाई एकलौटी र राजनिति आस्था हाबि हुने ढंगबाट संघलाई संचालन गर्ने काम भएको आरोप लगाए । होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुमाझ साझा संस्थाका रुपमा भुमिका खेल्नुपर्ने दायित्व भएको उनले बताए ।

महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र कुमार श्रेष्ठले दुई चरणको वार्ता गर्दा पनि सफल नभएपछि संयुक्त प्यानल उम्मेदवारी दिएको जानकारी दिए ।

संयुक्त प्यानलबाट अध्यक्ष पदमा जीवन प्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा लाल बहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्घितिय उपाध्यक्षमा चिरञ्जीवी पोखरेल (बाबुराम), महासचिवमा प्रेम बन्जाडे, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा चुत्र बहादुर पौडेल (टेकु), सहकोषाध्यक्षमा खेमराज पोखरेल, सदस्यहरुमा प्रदिप जिसि, केशव कंडेल, दिनेश भुषाल, रिना काफ्ले, यम गलामी, कृष्ण पाण्डे, दिपक योगी, लक्ष्मण बश्याल, सुन्दर श्रेष्ठ, होम बहादुर केसी, प्रेम भट्टराईलाई उम्मेदवार बनाईएको छ । ।

रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी संघमा संघमा ८ सय ५० होटल तथा रेष्टुरेन्ट व्यवसायी मतदाताकारुपमा आवद्ध रहेका छन।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहिबार  ५ : ३७ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,