५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु विजयी



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन ।

संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट अध्यक्ष पदमा कसजु निर्वाचित भएका हुन । अध्यक्ष पदमा निर्वाचित कसजुले ६६२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरेका छन ।

संघको नयाँ कार्यसमिति चयनको बिहिबार अधिवेशन अन्तरगत अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन ।

त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ ९३२, दिपकप्रसाद चापागाई ९६९, कृष्ण श्रेष्ठ ९५२, मोह्मद जमिल खान ८५७, सुमोदमान सैंजु ९३१, टिकाराम बञ्जाडे ९५०, त्रिबिक्रम श्रेष्ठ ८८६ मत सहित विजय भएका छ भने महिला सदस्य तर्फ जमुना पौडेल ६३४ र मीना प्रधान ६११ विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए ।

अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधानको लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अंगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै अध्यक्ष खिमबहादुर हमालले अध्यक्षमा निर्वाचित कसजुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेतृत्व लिएसंगै सबैलाई साथमा लिएर अंगाडी बढ्न आग्रह गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ४ : १४ बजे

सरकार गठनको छलफलमा जुटे रास्वपाका चार नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूले नयाँ

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको